२९ जेठ २०८३, शुक्रबार

अभागी ब्याट्स्म्यान, अनौठो तरिकाले भए आउट (भिडियो)

बैशाख २०, २०७८
अभागी ब्याट्स्म्यान, अनौठो तरिकाले भए आउट (भिडियो)

श्रीलंका भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्टमा २०९ रनको पराजय बेहोरेको छ । 
 

पल्लेकेलेमा सम्पन्न उक्त टेस्टमा निकै अनौठो घटना भएको छ । 

बंगलादेशको पहिलो इनिङमा ब्याट्स्म्यान तैजुल इस्लाम आश्चर्यजनक तरिकाले हिटविकेट आउट भए । 
 

श्रीलंकाली बलर सुरंगा लकमलको शर्ट बलमा ब्याकफूटमा गएर डिफेन्स गर्ने कोशिश गर्दा इस्लामको जुत्ता फुस्केर स्टम्पमा लाग्यो र बेल झर्‍यो । त्यसपछि उनलाई हिट विकेट आउट दिइयो । 

यसरी कुनै ब्याट्स्म्यान आउट भएको सम्भवतः यो पहिलो घटना हो । इस्लामले आफू कसरी आउट भएँ भने एकछिनसम्म चालै पाएनन् । 

सामाजिक सञ्जालमा इस्लाम आउट भएको भिडियो क्लिप भाइरल बनिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्