×

NMB BANK
NIC ASIA

सीके राउत र मधेश आन्दोलन विरुद्धका थप ६ मुद्दा फिर्ता, विप्लवका बाँकी

जसपाको माग अनुसार फिर्ता हुनुपर्ने ३ मुद्दा मात्रै बाँकी

बैशाख २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मधेश आन्दोलनका क्रममा लागेका मुद्दामध्ये थप ३ मुद्दा नेपाल सरकारले फिर्ता लिएको छ ।

Muktinath Bank

जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका मुद्दा फिर्ताको मागमध्ये थप ३ मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त (सीके) राउत विरुद्धका समेत राज्य विप्लवका ३ मुद्दा फिर्ता गरिएका छन् । 


Advertisment
Nabil box
Kumari

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मुद्दा फिर्ता लिइएको पुष्टि गरे । मन्त्री श्रेष्ठका अनुसार वैशाख १९ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट मुद्दाहरू फिर्ता लिने निर्णय गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘फिर्ता लिनुपर्ने भनेर जसपाले बुझाएका २५ मुद्दामध्ये ४ मुद्दामा यसअघि नै अदालतबाट फैसला भई सजाय काटिसकिएको अवस्था छ, १२० जना प्रतिवादी रहेका १५ मुद्दा यसअघिको मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिइएको थियो,’ मन्त्री श्रेष्ठले लोकान्तरसँग भने, ‘त्यसबाहेक थप ३ मुद्दा फिर्ता भएका छन् र अब जसपाका कूल ३ मुद्दा मात्र बाँकी छन् ।’

मधेश आन्दोलनका क्रममा महोत्तरी जिल्लामा गाडी जलाएको, रक्सी पसल लुटपाट तथा तोडफोड गरेको गरी ३ मुद्दा आइतवार फिर्ता लिइएको उनले बताए । महोत्तरीका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको शरीर अपहरण गरी बन्धक बनाई हत्या गरेको ज्यान मुद्दा फिर्ता नभएको उनले खुलाए ।

सुरक्षाकर्मीको हत्या भएको मुद्दा अलि सेन्सेटिभ मुद्दा भएका कारण अहिले फिर्ता हुन नसकेको तथा अध्ययन भइरहेको समेत उनले बताए ।

स्वतन्त्र मधेश गठबन्धनका संयोजकको हैसियतमा छुट्टै मधेश देश बनाउने अभियान चलाएका सीके राउत विरुद्धका राज्य विप्लवका ३ मुद्दा समेत आइतवारको मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिइएको उनले बताए । ‘कुन–कुन ठाउँको मुद्दा तथा कति जना प्रतिवादी रहेका मुद्दा फिर्ता भए त्यसको संख्या यकिन गर्न फाइल नै हेर्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘तर ३ मुद्दा फिर्ता भएका छन् ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको मुद्दा फिर्ता लिनका लागि फाइलहरूको अध्ययन जारी रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x