
कोरोना भाइरस संक्रमणबाट थप ५८ जनाको मृत्यु भएको छ ।
बुधवार कोरोनाको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ५८ जनाको मृत्यु भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको उनले बताए । आरटी–पीसीआरबाट ८ हजार ६०५ र एन्टिजेनबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधवार देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९९३ संक्रमित डिस्चार्ज भएका जनाइएको छ ।