×

NMB BANK
NIC ASIA

अत्यावश्यक वस्तु मास्क र अक्सिमिटरमा अचाक्ली मूल्यवृद्धि

बैशाख २३, २०७८

NTC
Premier Steels

थोक बिक्रेताले मूल्य बढाएपछि विराटनगरका बजारमा सर्जिकल मास्क र पल्स अक्सिमिटर अभाव भएको छ ।

Muktinath Bank

संक्रमणको दोस्रो लहरअघिसम्म थोक बिक्रेताले प्रतिपोका ११० रुपैयाँमा बिक्री गरेको मास्कको मूल्य ३०० रुपैयाँसम्म लिन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शरीरमा अक्सिजनको मात्रा नाप्ने पल्स अक्सिमिटरको थोक मूल्य गत चैत २५ गतेअघिसम्म ६००–७०० रुपैयाँसम्ममा बिक्री भए पनि अहिले १ हजार १०० रुपैयाँ पुर्‍याइएको छ । 


Advertisment
Nabil box
Kumari

खुद्रा बजारमा प्रतिपोका मास्कको मूल्य ३५० देखि ४०० रुपैयाँ र अक्सिमिटर १ हजार ७०० देखि २ हजार ५०० रुपैयाँसम्ममा बिक्री हुँदैछ । उत्पादकले खुद्रा बजारमा ५० पिसको प्रतिपोका र स्वास्थ्य संस्थामा सय पिसको पोका बनाएर मास्क बिक्री गर्छन् ।

Vianet communication

‘डिलरले बढी मूल्यमा किन्नेलाई माल दिन्छ, मैले राख्न छाडें,’ खुद्रा औषधि व्यवसायी अरुण ठाकुरले भने ।

५/६ दिनदेखि यी सामग्रीको मूल्यमा अचाक्ली वृद्धि भएको उनले बताए । साताअगाडि खुद्रा बजारमा प्रतिपोका मास्कको मूल्य १५० रुपैयाँदेखि १८० रुपैयाँ रहेको उनको भनाइ छ । ‘थोक बिक्रेताले सर्जिकल मास्कको हामीलाई नै ६ रुपैयाँ गोटा भन्न थाले, बेच्ने कतिमा ?’ अर्का एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘ग्राहकले डिलरलाई चिनेका हुँदैनन्, हामीले नै कालोबजारी गरेको ठान्छन्, झगडा गर्छन्, गाली गर्छन् ।’

जानकारहरूका अनुसार नेपाली बजारमा २ हजार ५०० रुपैयाँमा समेत राम्रा खाले अक्सिमिटर पाइन्न । ‘गुणस्तरीय भनेर बेचिए पनि बजारमा उपलब्ध प्रायः अक्सिमिटर कामै नलाग्ने ६–७ सय रुपैयाँ पर्ने चिनियाँ उत्पादन हुन्,’ एक जानकारले भने, ‘बजारमा अनुगमन गर्ने निकायको कतै उपस्थिति देखिन्न ।’

राम्रो अक्सिमिटरमा २००–३०० रुपैयाँभन्दा बढी मूल्यवृद्धि भएको छैन । यस्तो अक्सिमिटर बजारमा उपलब्ध पनि छैन । मास्कको डोरी अभाव भएर उत्पादनमा समस्या आएको थोक औषधि व्यवसायी संघ १ नम्बर प्रदेशका अध्यक्ष विपुल दासले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x