×

NMB BANK
NIC ASIA

संक्रमित ह्वात्तै बढेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

बैशाख २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमित बिरामीको चाप बढेपछि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव भएको छ ।

Muktinath Bank

बिरामीको चाप अत्याधिक र अक्सिजन आपूर्ति पुरानै अवस्थामा हुँदा अभाव खड्किएको हो ।
 
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले अस्पतालमा केही घण्टाका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आइनपुगे उपचार प्रभावित हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अस्पतालमा अहिले दैनिक २०० सिलिण्डरको माग छ । आपूर्ति दैनिक ८०–१०० सिलिण्डर मात्र छ । त्यसैले गर्दा अभाव खड्कियो अब । आपूर्ति नबढाउने हो भने अवस्था डरलाग्दो हुनेछ,’ उनले भने ।
 
बुटवलमा मात्रै अहिले दैनिक ३०० भन्दा बढी कोरोना संक्रमित थपिँदै गएका छन् । अस्पतालका लागि नेपालगञ्जबाट अक्सिजन सप्लाइ हुने गर्छ । अभाव हुन थालेपछि अन्य सप्लायर्ससँग पनि आपूर्तिको पहल भइरहको गौतमले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पताल सञ्चालन गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पहिले १५० सिलिन्डर लगिँदै आएकोमा अहिले त्यहाँ पनि माग बढेको छ ।

Vianet communication
Laxmi Bank

‘बुधबार साँझ ६० वटा मात्रै सिलिन्डर झर्‍यो,’ उनले भने, ‘अहिले केही सिलिण्डर मात्र बाँकी छन् ।’ 

अस्पतालको फिवर क्लिनिकमा आउने कोरोना शंका लागेका बिरामीलाई पनि इमर्जेन्सीमा राखेर उपचार गरिन थालिएको छ । अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गर्छन् ।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले सप्लाइ नबढ्दा अस्पतालले धान्न नसकेको लोकान्तरलाई जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x