०६ असार २०८३, शनिबार

जापान : कोरोना राहतका लागि दिएको रकम स्क्विडको मूर्ति बनाउन खर्च !

बैशाख २३, २०७८
जापान : कोरोना राहतका लागि दिएको रकम स्क्विडको मूर्ति बनाउन खर्च !

जापानको पश्चिम भागमा समुद्रको छेउमा रहेको एक शहरले कोरोनाभाइरसको राहत रकम विशाल स्क्विडको मूर्ति बनाउन खर्च गरेको सार्वजनिक भएपछि जनता रिसाएका छन् । 

पर्यटकलाई आकर्षित गर्नका लागि उक्त मूर्ति बनाइएको बताइएको छ ।
 

इशिकावा प्रिफेक्चरमा रहेको नोटो शहरलाई केन्द्र सरकारले ८० करोड येन महामारीको राहतका लागि भनेर दिएको थियो ।

त्यसमध्ये नोटोले दुई करोड ५० लाख येन मूर्ति बनाउन खर्च गरेको थियो । 

मूर्ति १३ फीट अग्लो र २९.५ फीट लामो छ । 

जापानमा कोरोनाभाइरस संक्रमणको चौथो लहर चलिरहेको छ । मन्त्रिपरिषद्ले डिसेम्बर महिनामा ७०८ अर्ब डलर बराबरको स्टिमुलस प्याकेज घोषणा गरेर अर्थतन्त्रको पुनरुत्थान गर्न खोजेको छ । 
 

नोटोमा स्क्विड स्वाद मानीमानी खान्छन् र शहरको माछा उद्योगका बारेमा सचेतना जगाउन तथा पर्यटनमा अभिवृद्धि गर्न यो मूर्ति बनाइएको त्यहाँको स्थानीय सरकारका एक अधिकारीले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्