×

NMB BANK
NIC ASIA

यस्तो हुँदैछ कृषि बजेटको आकार तथा योजना

बैशाख २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस (अनाज)ले  कोरोना महामारी र कृषि बजेट भर्चुअल संवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा  आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेट तर्जुमाको योजनाको विषयमा छलफल भएको छ ।

Muktinath Bank

कार्यक्रममा मन्त्रालयको तर्फबाट सचिव हरि बहादुर केसी, कृषि विज्ञ कृष्ण पौडेल,  पुर्व सहसचिव मनोज कुमार ठाकुर, राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रिता बस्ताकोटी, खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्यभ अधिकारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि मन्त्रालयको सहसचिव हरि बहादुर केसीले  आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटको  योजना प्रस्तुत गरेको थिए ।
सो क्रममा कुल ३६ अरब २३ करोडको बजेट कृषि मन्त्रालयले बनाउने तयारी भएको जानकारी दिइयो ।  कुल बजेटको  २६ प्रतिशतको खर्च रासायनिक मलमा विनियोजित हुने भएको छ । अर्थात रासायनिक मल अनुदानमा यस वर्ष पनि गत वर्ष जस्तै, ११ अरबको बजेट व्यवस्थापन हुने भएको छ ।   रासयानिक मल आवश्यकता र बाध्यता दुवै बनेको कारण उक्त क्षेत्रमा वृहत रकम छुट्टयाउनु पर्ने अवस्था रहेको मन्त्रालयलका सहसचिव हरि बहादुर केसीले कार्यक्रममा स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

बजेटको अर्को ठुलो आकारको विनियोजन नेपाल कृषि अनुसन्धान प्रतिष्ठान् (नार्क)मा हुनेछ । नार्कमा तीन अरबभन्दा माथिको रकम वितरण हुने भएको छ ।
त्यस्तै, बजेट बिनियोजनको अर्को ठुलो हिस्सा अर्थात तीन अरब २१ करोडको बजेट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा जाने भएको छ । उक्त रकम नेपालभर संचालन भइरहेका जोन, सुपर जोन, पकेट, ब्लकमा विनियोजित हुन्छ ।  हाल रहेका  जाने तथा ब्लकमा थप ११ जोन, एक सय ७७ जोन, २३ पकेट तथा एक हजार ब्लकको  स्थापना  हुने भएको  छ ।

Vianet communication
Laxmi Bank

वित्तिय बजेट व्यवस्थापन तर्फ एक अरब ६० करोडको छुट्याएको छ । यस बाहेक,  स्थानीय तथा प्रदेश सरकारमा विनियोजित हुनु पर्ने रकममा क्रमश साँढे पाँच अरब र साँढे दुई अरबको रहेको छ । कृषक समक्ष प्रत्यक्ष सरोकार स्थानीय सरकार भएको कारण पनि बजेट विनियोजनको रकम बढी प्रसार हुने गर्छ ।
विभाग अन्र्तगत एक अरब पशु विभाग र एकदेखि दुई अरबको बजेट छुट्टिएको छ । त्यस्तै,  बीमा तर्फ डेढ अरब र उखु अनुदानमा एक अरब जाने भएको छ । अनुदान शीर्षकमा मात्रै  कुल १४ अरबको बजेट वितरण हुने सहसचिव हरि बहादुर केसीले बताए ।

यस बाहेक अन्य विषयलाई गौणमा राखि मन्त्रालयले ध्यान दिएको छ । रैथाने बाली र प्राङ्गारिक मलको लागि मिसन कार्यक्रम तर्जुमा हुने भएको छ ।
 दुग्ध क्षेत्रमा नेपाल लाइभस्टक इनोभेसन प्रोजेक्टमाफर्त संचालित हुने रकम विनियोजित भएको छ ।

पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणासँगै यसलाई निरन्तरता दिन विभिन्न योजना बन्ने क्रममा रहेको उनी बताउँछन् । मत्क्षय क्षेत्रमा पनि आत्मनिभर्रता उन्मुख हुने स्थिति देखिएको कारण आगामी आर्थिक वर्षमा मत्स्यपालन क्षेत्रतर्फ आत्मनिर्भरताको लागि मन्त्रालयले अग्रसर हुने उनले बताए । भने, कोभिडको कारण किसान सूचीकरणका तथा स्थानीय स्तरमा भण्डार गृह स्थापनाको गत वर्षको कार्यक्रमलाई चुस्तताका साथ  संचालन गर्नेमा  पनि मन्त्रालय प्रतिवद्ध रहेको उनले जानकारी दिए ।

केसी भन्छन्, ‘ किसान सुचिकरणको  तालिम तथा सफ्टवेयरको काम पुर्ण हुँदा बाँकी कार्य कोभिडको कारण सम्भव हुनसकेन । सोही स्थिति स्थानीयस्तरको भण्डार गृह स्थापनमा पनि रह्यो ।
 विपद्मा परेका किसान, कोभिडको समयमा राहत कार्यक्रममा लागि  कोभिड रेस्क्यसु कार्यक्रमको जिम्मेवारी  नेपाल लाइभस्टक इनोभेसन प्रोजेक्ट र ‘एफएनसिइपी’ लाई  वर्गिकृत गरिएको विवरण पनि उनले प्रस्तुत गरे ।
केही वर्ष यता रोकिएको  उत्कृष्ट  कृषक पुरस्कारले पनि निरन्तरता पाउने भएको छ । खाद्यान्नमा आत्मनिर्भरताको लागि उन्नत जातका धान बाली, मकै बालीमा पनि मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

मन्त्रालयले उत्पादन वृद्धिका हिसाबले बास्मति धान र बढी क्षेत्रफलमा धान वृद्धि गर्ने मसिनो धानलाई प्रवर्धन गर्ने भएको छ । ल्याउने भएको छ । खाद्यका अन्य विविध पक्ष कागतीमा पनि मन्त्रालय सजक रहेको  उनी बताउँछन् । यसका साथै,  मन्त्रालयका आवश्यक जनशक्ति थपको लागि पनि मन्त्रालयले योजना बनाएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x