१० साउन २०८३, आइतबार

यसपटकको बजेटले केन्द्रको संगठीत अराजकता अन्त्य भएको छ : अर्थमन्त्री महरा

कात्तिक २०, २०७४
यसपटकको बजेटले केन्द्रको संगठीत अराजकता अन्त्य भएको छ : अर्थमन्त्री महरा

काठमाडौं, १७ जेठ –अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५  को बजेटले केन्द्रको हालीमुहाली अन्त्य गरेको बताएका छन् । बजेट वक्तव्यपछि सोमवार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महराले नयाँ बजेटले केन्द्रमा बसेर हालिमुहाली गर्नेहरूलाई दुःखी बनाएको बताए ।

‘बजेटमा जहिल्यै पनि केन्द्रको हालिमुहाली कायम हुँदै आएको थियो,’ कार्यक्रममा बोल्दै मन्त्री महराले भने, ‘नयाँ बजेटले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएपछि केन्द्रको संगठीत अराजकताको अन्त्य भएको छ ।’
यसपटकको बजेटले सबै बजेट केन्द्रमै राख्ने र त्यहाँ चलखेल गर्ने तत्वको अन्त्य भएको उनले बताए ।

बजेट कार्यान्वयनमा प्रशस्तै चुनौती भए पनि स्थानीय तह सञ्चालनमा आएपछि त्यसले स्वतः बजेट खर्च बढाउन मद्दत पुग्ने उनले बताए । ‘राजनीतिक, प्रशासनिक अधिकारपछि अब आर्थिक अधिकार पनि स्थानीय तहलाई नै सुम्पिएको छ,’ उनले थपे, ‘यसले स्थानीय तहको विकास र समृद्विलाई गति दिने छ ।’

बजेट भाषणसँगै सम्बन्धित क्षेत्र तथा तहले अख्तियारी पाइसकेको उनले बताए । बजेट कार्यान्वयन र चुस्त अनुगमनका लागि केही महिनाभित्रै निर्देशिका जारी हुने अर्थमन्त्री महराले बताए ।

अर्थमन्त्री महराले सोमवार १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट संसदसमक्ष पेस गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्