२२ जेठ २०८३, शुक्रबार

‘कांग्रेस–माओवादी मिलेभने एमालेको कम्मर–कम्मर’

कात्तिक २०, २०७४
‘कांग्रेस–माओवादी मिलेभने एमालेको कम्मर–कम्मर’
काठमाडौं, १६ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले गरिरहेको तालमेलप्रति व्यंग्य गर्दै दुइ पार्टी मिल्दा पनि एमालेको कम्मर कम्मर मात्र आउने टिप्पणी गरेका छन् ।

पोखरा लेखनाथ नगरपालिकामा कांग्रेस र माओवादी मिल्दापनि एमालेले १३ हजार मतअन्तरले चुनाव जितेको ओलीको भनाइ थियो ।

‘मिल्नु अनिवार्य छ, दुइटा मिलेभने एमालेको कम्मर कम्मर आइपुग्छन्, त्यो भन्दा बढी हैसियत छैन’ मंगलवार काठमाडौंको भृकुटी मण्डपमा आयोजित विजय सभामा ओलीले भने, ‘देशको पक्षमा उभिदैनन्, राष्ट्र हितको पक्षमा बोल्दैनन्, राष्ट्रियताको कुरा गर्र्दा खोक्रो राष्ट्रवाद भन्छन, किन दिने काँग्रेस– माओवादीलाई भोट ?’

ओलीले कांग्रेस र माओवादीको संयुक्त सरकारले देशको पक्षमा काम गर्न नसकेको समेत आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्