०१ साउन २०८३, शुक्रबार
एमाले विवाद

सामूहिक राजीनामाबारे केही थाहा छैन, म सञ्चो नभएर घरमा सुतिरहेको छु– सुरेन्द्र पाण्डे

बैशाख २६, २०७८
सामूहिक राजीनामाबारे केही थाहा छैन, म सञ्चो नभएर घरमा सुतिरहेको छु– सुरेन्द्र पाण्डे

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने चर्चाका बीच सो समूहका केही प्रभावशाली नेताहरूले त्यसबारे अनविज्ञता प्रकट गरेका छन् ।

नेपाल पक्षका २० जना जति सांसद्ले आइतवार सामूहिक राजीनामा दिने तयारी गरेको चर्चा हिजोदेखि चलिरहेको छ । 

खनाल–नेपाल पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले भने राजीनामाबारे आफूलाई थाहा नभएको बताए ।

‘मलाई थाहा छैन । म सञ्चो नभएर घरमै सुतिरहेको छु, है त,’ लोकान्तरसँग आइतवार बिहानको संक्षिप्त कुराकानीमा पाण्डेले भने । 

पाण्डे नेता नेपाल, भीम रावल र घनश्याम भुसालसँगै पहिलो चरणमा स्पष्टीकरण सोधिएर कारवाहीमा परेका नेता हुन् । 

राजीनामाबारे उनको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

यसअघि उनले संसद्मा प्रधानमन्त्री केपी ओलीको पक्षमा विश्वासको मत दिएर पार्टीभित्रै संघर्ष गर्ने अभिव्यक्ति दिएका थिए ।

उनी चितवनबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

खनाल–नेपाल पक्षकै सांसद हिराबहादुर केसी र राजबहादुर बुढाले पनि राजीनामा गर्न इन्कार गरेको स्रोतको भनाइ छ ।

नेता नेपालसहित केही सांसदले भने आइतवार राजीनामा दिने तयारी गरेको सो समूहका एक सांसदले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्