२८ जेठ २०८३, बिहीबार

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा विशेष अधिवेशन माग

बैशाख २६, २०७८
लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा विशेष अधिवेशन माग

लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका छन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर यस अधिवेशन माग गरेका हुन् ।

यस अगाडि वैशाख ६ गते र आइतबार नै दर्ता भइ छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् । 

विपक्षी गठबन्धनका ४० सांसदको हस्ताक्षर सहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् ।

मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको उनीहरुको भनाइ छ ।

 गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार बिहान ११ बजे अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्