२२ असार २०८३, सोमबार

माधव नेपाल समूह निर्णयमा पुगेपछि बहुमत पुग्ने र सरकार बनाउने कांग्रेसको निर्णय

बैशाख २८, २०७८
माधव नेपाल समूह निर्णयमा पुगेपछि बहुमत पुग्ने र सरकार बनाउने कांग्रेसको निर्णय
फाइल फोटो

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्णयमा पुगेपछि बहुमत पुग्ने विश्वास लिएको छ ।

मंगलवार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सहमहामन्त्री डा. प्रकाशशरण महतले जनता समाजवादी पार्टी (जसपा) सिंगैको साथ पाइने र नपाइए माधव नेपाल समूहको निर्णयले सहयोग पुग्ने जानकारी दिए ।

‘सकेसम्म जसपा सिंगै साथमा लिने प्रयास हुनेछ, हामीलाई पर्सिसम्मको समय छ । एमालेमा पनि माधवजीहरूले केही निर्णयमा पुग्नुहुन्छ,’ उनले भने, ‘जसपामा सिंगै हाम्रो पक्षमा आउने प्रशस्त सम्भावना छ । यो प्रयत्नलाई जारी राख्छौं । बहुमत जुटाउन बाहिर अरु तरिका पनि छन् ।’

बैठकले सिंगै जसपा र माधव नेपाल समूहको समर्थन जुटाएर सरकार बनाउने निर्णय गरेको छ । ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरूको पनि सहयोग जुटाउने कोसिस हुन्छ,’ महतले भने ।

सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह सहमत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्