२० असार २०८३, शनिबार

मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

बैशाख २८, २०७८
मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने
सन्दर्भ तस्बिर

भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाइन् ।
    अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्