०६ साउन २०८३, बुधबार
कोरोनाबाट निधन

रहेनन् एमाले नेता पशुपति चौलागाईं

बैशाख २८, २०७८
रहेनन् एमाले नेता पशुपति चौलागाईं

एमाले नेता पशुपति चौलागाइँको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको मंगलबार साँझ निधन भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । 

संक्रमण पुष्टि भएसँगै मनमोहन अस्पतालमा उपचाररत रहेकै अवस्थामा उनको निधन भएको हो । 

यसैगरी पर्यटन मन्त्री भानुभक्त ढकालले उनको निधन भएको बताउँदै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । 

उनी दोलखाबाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।  पछिल्लो समय एमालेभित्रको विवाद बढ्दै गर्दा उनी माधव नेपाल पक्षतिर लागेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्