०१ साउन २०८३, शुक्रबार

कस्तो रहला आजको मौसम ?

बैशाख २९, २०७८
कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
जसका कारण हाल सुदुरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । यस्तै बाँकी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

 महाशाखाले आज दिनभर  प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदलि रहने पूर्वानुमान गरेको छ । यस्तै  केही स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।  

यसैगरी राति भने देशका अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्