०३ असार २०८३, बुधबार

पाकिस्तानलाई साउदी अरबले चामलको बोरा दान गरेपछि इमरान खानको आलोचना

बैशाख २९, २०७८
पाकिस्तानलाई साउदी अरबले चामलको बोरा दान गरेपछि इमरान खानको आलोचना

साउदी अरबको भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त देशसँग कैयौं सम्झौता गरेका छन् । 

साउदीले पाकिस्तानलाई विभिन्न सहयोग गरेकोमा चामलको १९ हजार ३२ वटा बोरा पनि दिएको छ । तर साउदीबाट यसरी जकात लिएकोमा पाकिस्तानीहरूले इमरान खानलाई आलोचना गरेका छन् । 

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले दिएको यो जकातबाट पाकिस्तानको खैबर पख्तूनख्वाह र पञ्जाबका एक लाखभन्दा बढी मानिसलाई सहायता पुग्नेछ । 

तर यसको आलोचना भएको छ । अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत हुसैन हक्कानीले नाम नलिइकन इमरान खान सरकारको आलोचना गरेका छन् । 

उनले ट्वीट गरे, ‘केही समय अघिसम्म चामलको सबभन्दा ठूलो निर्यातक रहेको पाकिस्तानले साउदी अरबसँग सहायताका रूपमा ४४० टन चालम किन लिनुपरेको हो ? साउदीलाई उसको उदारताका लागि धन्यवाद धन्यवाद दिँदै देशको विफलताको आत्ममन्थन पनि गर्नुपर्ने भएको छ ।’

अमेरिकाको कनेक्टिकट विश्वविद्यालयमा पाकिस्तानी रिसर्च स्कलर मारवी सिरमदले हक्कानीको ट्वीटमा प्रतिक्रिया दिए । उनले लेखे, ‘पञ्जाबका मध्यम स्तरका किसानहरूका लागि चामल उब्जनी गर्नु सहज छैन । त्यहाँ पानी छैन । किसानहरूले कुनै सब्सिडी पाउँदैनन् । दलालहरूले बीचमा धेरै फाइदा लिन्छन् । किसानहरूलाई बेवास्ता गरिएकाले थाकिसकेका छन् ।’

अन्य मानिसले चाहिँ चामल जस्तो कुरा भिक्षाका रूपमा लिनुपर्दा देशै लज्जित भएको प्रतिक्रिया दिए । एकजनाले मरुभूमिमा चामल फल्छ र साउदीले पाकिस्तानलाई दिएको भनी प्रश्न गरे । 

salt training

कमेन्ट गर्नुहोस्