०३ साउन २०८३, आइतबार

कांग्रेसलाई एमाले नेता रिजालको चेतावनी– एमाले र जसपा फुटाउन खोज्दा आफ्नो पनि त्यही हालत होला

बैशाख २९, २०७८
कांग्रेसलाई एमाले नेता रिजालको चेतावनी– एमाले र जसपा फुटाउन खोज्दा आफ्नो पनि त्यही हालत होला

नेकपा एमालेका नेता विष्णु रिजालले जसपा फुटाएर वा एमाले सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउने सपना नदेख्न कांग्रेसलाई सुझाव दिएका छन् ।

पार्टीगत सहमतिका आधारमा नै १ सय ३६ सांसद जुटाएर सरकार बनाउने सम्भावना रहेको भन्दै रिजालले अरू दल विभाजन गर्न खोजेमा भविष्यमा आफ्नो हालत पनि त्यही हुने चेतावनी दिएका हुन् ।

'नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयॉ सरकार बनाउने सुविधा छ । तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो । किनकि ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरानो भएको छैन,' रिजालले लेखेका छन् ।

हेर्नुहोस्, रिजालको फेसबूक स्टाटस :

salt training

कमेन्ट गर्नुहोस्