१६ असार २०८३, मंगलबार

दाङको स्थिति भयावह भएको भन्दै शान्ताको नेतृत्वमा सांसदहरू स्वास्थ्यमन्त्रीकोमा

बैशाख २९, २०७८
दाङको स्थिति भयावह भएको भन्दै शान्ताको नेतृत्वमा सांसदहरू स्वास्थ्यमन्त्रीकोमा

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले स्वास्थ्य सामग्री अभाव भएको भन्दै दाङका सांसदहरूले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको ध्यानाकर्षण गराएका छन् ।

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीको नेतृत्वमा गंगा चौधरी सत्गौवा र कोमल वलीले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘अक्सिजनको अभाव भयो, हाम्रो ज्यान बचाउनुपर्‍यो भन्दै सर्वसाधारणले रुँदै फोन गरेपनि हामी मन्त्रीकोमा गएर आक्सिजन र मेडिकलको प्रबन्ध गर्न ध्यानाकर्षण गराएका छौं,’ शान्ताले लोकान्तरसँग भनिन् । 

मन्त्री त्रिपाठीले सीसीएमसीलाई पनि आग्रह गर्न सुझाव दिएको उनले बताइन् । 

‘मैले सीसीएमसीका संयोजक ईश्वर पोखरेललाई पनि भनेकी छु, स्वास्थ्य मन्त्रालयले तदारुकता देखाउनुपर्‍यो भन्यौं,’ उनले भनिन् । 

देशका अन्य भागमा जस्तै दाङमा पनि अक्सिजनको हाहाकार भएको भन्दै अस्पतालहरूले सरकारसँग सहयोग मागेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्