नेपाल सुपर लिग :   फाइनल प्रवेश गर्न आज ललितपुर र काठमाडौं भिड्दै

नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहीवार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् ।

पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।


Advertisement

बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध उत्रन लागेको हो ।

पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे शुरू हुनेछ ।

लिग चरणको खेलमा दुवै टिमले प्रतिस्पर्धा गरेका थिए । भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो । 

पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौंविरुद्ध सोही नतिजा दोह¥याउने कोशिश गर्नेछ ।

उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्