०१ साउन २०८३, शुक्रबार

ओलीले बोलाए स्थायी कमिटीको बैठक

बैशाख ३०, २०७८
ओलीले बोलाए स्थायी कमिटीको बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका नेताहरू माथि गरिएको कार्वाही फुकुवाको विषयमा छलफल हुने एमाले स्रोतले बतायो । 

पार्टीभित्र गुटगत गतिविधि जारी राखेको भन्दै एमालेले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा सहमतिका लागि माधव पक्षसँग भएका कुराकानी बारे ब्रिफिङ हुँदैछ ।

अध्यक्ष ओलीले पार्टीका नेताहरू मार्फत नेता नेपालसँग छलफल गरिरहेका छन् । माधव नेपाल पक्षका सांसदहरूले राजीनामा गर्ने चर्चाका बीच उनीहरू माथिको कार्वाही फुकुवा गर्ने तयारी स्वरुप ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्