×

NMB BANK
NIC ASIA

काठमाडौं रेजर्स फाइनलमा

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब  नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो । 

Sagarmatha Cement
Muktinath Bank

अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन् । यस्तै स्टेफेन बिनोङले काठमाडौं रेजर्सका लागि तोस्रो गोल गर्दै जित सुनिश्चत गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिस्पर्धात्मक भएको खेलमा मेसौकेको पासमा स्टेफेनले बल अगाडी बढाउने क्रममा ललितपुरका डिफेन्डर कमल श्रेष्ठले बक्स भित्र लडाएपछि काठमाडौंले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी प्रहार आएका मेसौकेले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउँदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।


Advertisment
Nabil box
Kumari

यस अघि २८ औं मिनेटमा ललितपुरका गौरव बुढाथोकी पेनाल्टी बक्स भित्र पाएको सुन्दर अवसर गुमाउन पुगेका थिए । कप्तान अञ्जन बिष्टको पासमा गोलकिपर विकेश कुथु अघि बढेको अवस्थामा गौरवले खाली पोस्टमा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

Vianet communication
Laxmi Bank

६० औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३–० को अवस्थामा पु¥याए । तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलकिपर अर्पण कार्कीसँगको वान भर्सेज वानमा आकर्षक गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । ७१ औं मिनेटमा काठमाडौंका डिफेन्डरले फाउल गरेपछि ललितपुरले फ्रिकिक पाएको थियो । तर, डोना थापाको फ्रिकिक प्रहार क्रसबारको केही माथिबाट बाहिरियो । ८० औं मिनेटमा मैदानको दायाँ भागबाट प्रवेश कुँवरको प्रहारलाई गोलकिपर विकेश कुथुले बचाए । निर्धारित समय सकिन एक मिनेट बाँकी रहदा अन्जनको पासमा नुर्लानको हेडर आकाशिएको थियो ।

काठमाडौंले शनिबार पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंसँग खेल्ने छ । पहिलो क्वालिफायरमा काठमाडौं अतिरिक्त समयमा २–१ गोल पराजित भएको थियो । काठमाडौंलाई फाइनल खेल धनगढीविरुद्ध बदला लिने अवसर पनि भएको छ ।

दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x