२९ असार २०८३, सोमबार

राेल्पा त्रिवेणीका अग्निपीडितलाई २५ लाख बढीकाे राहत

बैशाख ३१, २०७८
राेल्पा त्रिवेणीका अग्निपीडितलाई २५ लाख बढीकाे राहत

राेल्पा त्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई बिहिबार २५ लाख ४० हजार ४ सय ४८ बराबरको राहत रकम प्रदान गरिएकाे छ। 

नुवागाउँमा अग्निपीडितहरुलाई सामग्री सहितकाे सुरक्षित बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा र लत्ताकपडाहरु भाडाकुडा, कपडाहरु, विद्यार्थीहरुलाई कापी–कलम सहितकाे झाेला र नगद प्रदान गरिएकाे थियाे।
राेटेरी क्लब अफ महाबाैद्व पाटन, राेटेरी ईन्टरनेशनल ३२९२ नेपाल-भुटान, राेटेरी क्लब अफ दरबारमार्ग काठमाडौँ, राेटेरी क्लब अफ काठमाडौँ मेट्राे, राेटेरी क्लब अफ ब्रान्चबर्ग अमेरिका र राेटरि क्लब अफ महाबाैद्वकाे संयुक्त आयाेजना माईक्रो क्रेडिट प्राेग्राम, राेटेरी क्लब अफ विक्वर्ड ईङ्ल्याण्ड, लुथरन वरल्ड रिलिफ, राप्ती समाज युके, गाेरखा ग्रुप प्रालि र त्यसका ७ वटा शाखाहरु, गाेर्खा पब्लिक हस्पिटल प्रालि कन्क्वेरिङ ड्रिम्स, मगर समाज सेवा केन्द्र नेपाल र प्रेनिश पुवा अल्लाे धागाे तथा तयारी पाेशाक उद्योग घाेराहीले नगद तथा जिन्सि सामानहरु राहत स्वरुप प्रदान गरेकाे अग्निपीडित सहयाेग समिति राेल्पा-काठमाडौँ सह-संयाेजक ईश्वरी जिएमले जानकारी दिइन्।

सह-संयाेजक जिएमका अनुसार ३६ घरधुरी पीडितलाई राप्ती समाज युकेले पठाएको प्रतिघर १५ हजार नगद र जिन्सि गरि प्रतिघर ७० हजार ५ सय ६८ रुपैयाँ बराबरको राहत दिईएकाे छ। दाङकाे गाेर्खा पब्लिक हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई स्वास्थ्य सेवा पनि दिइएकाे छ। 

गाेर्खा ग्रुप र रिडि ग्रुपका अध्यक्ष तथा अग्निपीडित सहयाेग समिति राेल्पा काठमाडौका संयाेजक मानबहादुर बुढामगर, सहयाेग समितिका सह–संयाेजक तथा राप्ती समाज युकेका सह–काेषाध्यक्ष, समाजसेवी हरि बुढामगरकाे विशेष पहलकदमिमा विभिन्न संघ–संस्थाले सहयाेग गरेका हुन्। 

आगलागीपछि अर्काकाे घरमा आश्रय लिएर बसेका अग्निपीडितहरु बस्ने टेन्ट सहित आवश्यक सबै सामग्रीहरु पाएपछि निकै खुशी भएका छन्।

अग्निपीडित पार्बती सेन ठकुरीले आफूले समाजसेवी पार्बती बुढामगरबाट बाख्रा किन्नकाे लागि थप १० हजार सहयाेग पनि पाएकाे भन्दै खुशी ब्यक्त गरे।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार ओली, उपाध्यक्ष साबित्रा बुढा र वडा नं. २ वडा अध्यक्ष कबिराज बुढामगरले आगलागीपछि ठूलाे परिमाणमा अत्यावश्यक सबै राहत सामग्रीहरु दिइएकाे भन्दै सहयाेगी संस्थाहरूलाई धन्यवाद दिएका छन्।

समाजसेवी मानबहादुर बुढा र हरि बुढामगरले अग्नि पीडितहरुलाई थप सहयाेगकाे आवश्यक परे पुनः पहलकदमी लिने प्रतिबद्धता समेत गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्