३० असार २०८३, मंगलबार

सांसदहरूलाई दोस्रो चरणको खोप आजदेखि, सभामुख सापकोटाले लगाए

बैशाख ३१, २०७८
सांसदहरूलाई दोस्रो चरणको खोप आजदेखि, सभामुख सापकोटाले लगाए

सांसदहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम आजदेखि शुरू भएको छ । 

संसदको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस विरुद्धको दोस्रो खोप लगाएर खोप कार्यक्रम शुरू गरेका हुन् । 

सभामुख सापकोटाले आज कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको उनको सचिवालयले जनाएको छ ।

यस अघि गत फागुन १९ र २० गते सांसदहरूले कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्