निर्देशक जालानको निधनमा वर्ल्डलिंकद्वारा दु:ख व्यक्त

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक विजय कुमार जालानको बिहीवार (वैशाख ३० गते) निधन भएको छ । केही दिनदेखि उपचाररत जालानको काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

जालान वर्ल्डलिंकका संस्थापकहरूमध्ये एक थिए ।


Advertisement

जालानले वर्ल्डलिंकमा रहेर इन्टरनेट सेवा प्रदायक यस संस्थालाई तल्लो तहबाट नेपालकै ठूलो आईएसपी बनाउन योगदान दिएका थिए । 

‘जालानको आकस्मिक निधन वर्ल्डलिंक परिवारका लागि अपूरणीय क्षति हो । वल्र्डलिंकलाई युगान्तकारी र ग्राहकसेवामा समर्पित संस्थाका रूपमा विकास गर्नमा उनको दूरदृष्टि, मार्गदर्शन र सक्रिय सहभागिताको अहम भूमिका रहँदै आएको थियो, आउँदा दिनमा वर्ल्डलिंक परिवारलाई जसको अभाव अत्यधिक हुनेछ’, वर्ल्डलिंकले भनेको छ ।

जालान इनटरनेट सेवा प्रदायक संघ नेपालका वरिष्ठ सल्लाहकार तथा कार्यकारी समिती सदस्यसमेत रहेका थिए । नेपालको इन्टरनेट उद्योगको विकास र विस्तारमा उल्लेख्य योगदान गरेका जालान जलेश्वरनाथ विकास समाजका अध्यक्ष समेत रहेका र्थि । 

उनी लोककल्याणकारी कार्यहरु र सामाजिक सेवाका क्षेत्रमा पनि चर्चित थिए । राधेराधे र मानव सेवा आश्रमसँगै कैयौं धर्मशाला, विद्यालय र अन्य सामाजिक संघसंस्थाहरुमा जलानको निकै सक्रियता रहेको थियो । 
‘व्यवसायमा अत्यधिक कुशाग्रता, व्यावहारिक दृष्टिकोण एवं सहयोगी र सदाचारी स्वभावका लागि उनलाई चिन्नेजान्नेहरूलाई उनको ठूलो अभाव महसुस हुनेछ । नेपालले आज आफ्नो एक जुझारु र सफल उद्यमीलाई गुमाएको छ ,’ वर्ल्डलिंकले जनाएको छ ।

वर्ल्डलिंकले भनेको छ,‘उनका वुवा श्री वुद्धदेव जालान ,दाजुहरु श्री अनिल जालान, श्री अरुन जालान, श्रीमती अनुपा जालान र सुपुत्र अश्विन जालान मा परेको यो दुखद परिस्थिति हामी पनि महसुस गर्न सक्छौं । हामी शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्