![ओलीले लिए प्रधानमन्त्रीको शपथ, पुरानै मन्त्रीहरू दोहोरिए [मन्त्रीहरुको सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/bidhya_oli_BgBh9FiCyP.jpg)
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पुनः प्रधानमन्त्री पदको शपथ लिएका छन् ।
संविधानको धारा ७६(३) अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेको समयसीमाभित्र कुनै पनि दाबी नपरेपछि ओली संसदको ठूलो दलको नेताको रूपमा प्रधानमन्त्रीमा पुनः नियुक्त भएका थिए ।
नवनियुक्त प्रधानमन्त्री ओलीले शुक्रवारै मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुराना मन्त्रीहरू नै दोहोरिएका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई पनि शुक्रवारै शपथ गराइएको छ ।
मन्त्रीहरुको कार्यविभाजन र सूची
१. केपी शर्मा ओली प्रधानमन्त्री/रक्षा
२. ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. रामबहादुर थापा मन्त्री गृह
४. टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई
५. विष्णुप्रसाद पौडेल मन्त्री अर्थ
६. प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
७. हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
८. लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
९. कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
१०. प्रभु साह मन्त्री सहरी विकास
११. भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१२. मणिचन्द्र थापा मन्त्री खानेपानी
१३. पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास
१४. वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
१५. गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. पार्वत गुरुङ मन्त्री सञ्चार तथा सूचना प्रविधि
१७. डा. शिवमाया तुम्बाहाङफे मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१८. लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
२०. प्रेमबहादुर आले मन्त्री वन तथा वातावरण
२१. जुलीकुमारी महतो मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२२. दावा लामा तामाङ मन्त्री युवा तथा खेलकुद
२३. नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२४. रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास
२५. विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति