
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमणबाट २ सय ३ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २० संक्रमित थपिएका छन् ।
पीसीआरतर्फ २० हजार ९ सय ४८ र एन्टीजेनतर्फ ५ सय ३० नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ पुग्दा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३५ जना निको भएका छन् ।