०३ असार २०८३, बुधबार

अक्सिजन सिलिन्डर बुझाउन सरकारको उर्दी

बैशाख ३१, २०७८
अक्सिजन सिलिन्डर बुझाउन सरकारको उर्दी

सरकारले कसैसँग अक्सिजन सिलिन्डर भएमा नजिकैको अस्पताल वा स्थानीय प्रशासनमा बुझाउन अनुरोध गरेको छ । मुख्यसचिवको अध्यक्षतामा बिहीबार बसेको बैठकले चिकित्सकको सिफारिस बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न, भएका सिलिन्डर नजिकैको अस्पतालमा प्रशासनमा बुझाउन आग्रह गरेको हो । 

कोभिड १९ को महामारीमा संक्रमितको उपचारमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेको छ भने यसैको अभावमा कतिपय संक्रमितको मृत्यु भएको समाचार सार्वजनिक हुँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्