
नेकपा एमालेको विवाद मिलाउने प्रयास स्वरुप शुक्रबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुबीच शुक्रबार करिब पौने ३ घण्टा चलेको वार्ता सकारात्मक रुपमा अघि बढेको हो ।
बैठकपछि नेता भीम रावलले पार्टीको एकता कायम राख्नका लागि गम्भीरतापूर्वक छलफल भएको बताए ।
उनले ०७५ जेठ २ गते अघिको कुरालाई आधार मानेर अघि बढ्ने गरी छलफल अघि बढाइएको भन्दै त्यसका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए ।
यस्तै बैठकपछि नेता रघुजी पन्तले सौहार्दपूर्ण वातावरणमा छलफल भएको प्रतिक्रिया दिए ।