काठमाडौं, १७ जेठ– अफगानिस्तानको राजधानी काबुलमा बुधबार मध्याह्न भएको बम विस्फोटनमा परी पाँच जना नेपाली घाइते भएका छन् ।
भारतस्थित नेपाली दूतावासले जनाएअनुसार अफगानी राष्ट्रपतिको निवास नजिकै भएको बम विस्फोटनमा ५ नेपाली घाइते भएको परराष्ट्र प्रवक्ता भरतराज पौडेलले बताए । यद्यपी विस्तृत विवरण आउन सकेको छैन ।
परराष्ट्र मन्त्रालयले भने घटनामा नेपाली परे नपरेकोबारे भारतको दिल्ली र पाकिस्तानको इस्लामावादस्थित दूतावासलाई बुझ्न लगाइएको जनाएको छ ।
घाइतेहरुको नाम प्राप्त भइनसकेको जनाइएको छ । उनीहरु काबुलस्थित जर्मन दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको जनाइएको छ ।