३१ असार २०८३, बुधबार

फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्न तालिम शुरु

कात्तिक २०, २०७४
फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्न तालिम शुरु
काठमाडौं, १७ जेठ–सूचना विभागको आयोजनामा फोटोजर्नालिस्ट क्लब नेपालले फोटोपत्रकारको क्षमता अभिवृद्धि गर्ने उदेश्यले फोटोपत्रकारको सेवाकालीन तालिम सञ्चालन गरेको छ ।  

एक महिना अघिदेखि अनलाइन मार्फत शुरु हुँदै आएको तालिम बुधवारबाट नेपाल पर्यटन बोर्र्डको हलमा फेस टु फेस तालिम शुरु भएको हो । तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोटोपत्रकारको सहभागी रहेका छन् ।

कार्यक्रममा सुचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, सूचना विभागका महानिर्देशक कृष्ण राई , नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट लगायत अनलाइन तथा छापा माध्यममा कार्यरत फोटोपत्रकारहरुको सहभागी भएका थिए ।

सूचनाको महत्वपूर्ण अंगका रुपमा फोटोपत्रकारहरु रहेको भन्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न सीपमूलक तालिम आवश्यकता रहेको सुचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताए ।

आगामी दिनमा पनि फोटोजर्नालिस्ट क्वलसँग सहकार्य गर्दै फोटोग्राफी सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने योजना गरेको सचिव गुरुङले बताए । घटनास्थलमै गएर दृश्य संकलन गर्नुपर्ने चुनौती फोटोपत्रकारको रहेको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले फोटोपत्रकार दुर्घटना वीमा हुनुपर्ने बताए ।

घटना हुँदा तत्कालै फिल्डमा खटेर जोखिम मोलेर समाचार दृश्य संकलन गर्दा ज्यान र क्यामरा फुट्न समेत खतरा रहेको भन्दै अध्यक्ष विष्टले फोटोपत्रकारको सुरक्षाको ग्यारेन्टी प्रमुख हुनुपर्ने बताए ।  अहिलेको युग सूचना र प्रविधिको युग रहेको भन्दै सूचना विभागका महानिर्देशक कृष्ण राईले फोटोले समाचारलाई स्पष्ट तथा तथ्यपूर्ण बनाउन प्रमाणको काम गर्ने भन्दै सूचना प्रवाहमा फोटो महत्वपूर्ण रहेको बताए ।

फोटो पत्रकारको क्षमता अभिबृद्धि गर्न पिजे क्लबले विभिन्न तालिमको आवश्यकता रहेको भन्दै पिजे क्लबका अध्यक्ष विकास कार्कीले भविष्यमा पनि सूचना विभागसँग मिलेर सहकार्य गर्दै विभिन्न तालिम सञ्चालन गर्दै जाने बताए । तालिममा वल्र्ड प्रेस फोटो मास्टर क्लासको नोमिनेशन कमिटीका प्रतिनिधि समेत रहेका फिलीपिनका प्रशिक्षक जिम्मी डोमिङो, नरेन्द्र श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । तालिम जेठ २३ गतेसम्म पर्यटन बोर्डमा चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्