
कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ ।
नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।
कोरोना सङ्क्रमणबाट तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ ।
होम आइसोलेशनमा नै उनको गएराति निधन भएको जनाइएको छ ।
यसैगरी कोरोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ ।
पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो ।
रेडियो हापुरेमा कार्यरत उनले गत हप्तामात्र कोरोनालाई पराजित गर्नुभएको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए ।
जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।
आइतबार मात्रै पत्रकार बस्नेतका पिता टोपबहादुर बस्नेतको पनि सोही मेडिकल कलेजमा उपचारका क्रममा कोरोनाबाट निधन भएको थियो ।
उनी नेकपा( एमाले)का जिल्ला नेता थिए ।
जिल्लाका एक सङ्क्रमितका बाँकेमा निधन भएको छ ।
भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।