०८ साउन २०८३, शुक्रबार

कोरोना संक्रमणबाट बचाउन माग गर्दै रिट निवेदन

जेठ ३, २०७८
कोरोना संक्रमणबाट बचाउन माग गर्दै रिट निवेदन

सर्वोच्च अदालतमा कोभिड –१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, अर्थ, कानून, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई आज दायर गरेको निवेदनमा स्वास्थ्य सामग्रीका अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित गर्न नमिल्ने माग गरिएको छ ।

  निवेदनमा अस्पतालमा खचाखच भरिए पनि वैकल्पिक रुपमा खुला चौर, रंगशाला र  होटलको जोहो गरी  चिकित्सकीय निगरानीमा बिरामी जाँच्ने व्यवस्था मिलाउन तथा अक्सिजन  अत्यधिक कम भएकाले अक्सिजन यथेष्ट आपूर्ति गर्न र  खोप लगाउन नपाएकालाई त्यसको व्यवस्था गर्न माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्