
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित गर्ने विज्ञको अनुमान रहेकाले सातै प्रदेशमा बाल अस्पताल बनाउन सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले १२ वर्ष माथिका बालबालिकालाई खोप लगाउने प्रक्रिया अगाडि समेत आग्रह गरे ।
उनले लेखेका छन्, ‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन् । म सरकारलाई केन्द्र र ७ वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरूमा विशेष वार्ड/आईसीयू लगायतको तयारी र १२ वर्ष माथिकालाई खोप शुरू गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु ।’
कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले #वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्।म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड/आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) May 18, 2021