२७ जेठ २०८३, बुधबार

बादलको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिप्रति एमालेको आपत्ति, स्थायी कमिटीबाट भर्त्सना

बादलको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिप्रति एमालेको आपत्ति, स्थायी कमिटीबाट भर्त्सना

नेकपा एमालेले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा आधिकारिक उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिप्रति आपत्ति जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गर्नेप्रति भर्त्सना गरेको छ । 

‘पार्टी निर्देशनको अवज्ञा गर्ने कतिपय नेता र जनप्रतिनिधिले विपक्षमा मतदान गरेकोमा बैठकले गम्भीरतापूर्वक रूपमा लिएको छ । पार्टीका आधिकारिक उम्मेदवारको विरोध गर्ने, विपक्षमा मतदान गर्नेको भर्त्सना गरेको छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने । नेकपा एमालेले रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाएको थियो ।

बिहीवार भएको उपनिर्वाचनमा एमालेको माधव नेपाल पक्षले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समर्थन गरेका खिमलाल देवकोटाको पक्षमा मतदान गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्