३१ जेठ २०८३, आइतबार

एमाले हारेपछि गोकुल बाँस्कोटाको टिप्पणी : दूध खुवाएर पालेका साँपले डसे !

एमाले हारेपछि गोकुल बाँस्कोटाको टिप्पणी : दूध खुवाएर पालेका साँपले डसे !

बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएपछि नेता गोकुल बाँस्कोटाले दूध खुवाएर पालेका साँपले डसेका टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता बाँस्कोटाले आक्रोश पोखेका छन् ।

उनले लेखेका छन्, ‘दूध खुवाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ शुरूआत मात्र ।’ 

उपनिर्वाचनमा एमालेकै माधवकुमार नेपाल पक्षले समर्थन गरेका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्