काठमाडौं १८ जेठ– नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ असार १ गते हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको बृहत पूर्ण इजलासमा बिहीवार शुरु सुनुवाई हेर्दाहेदैमा राखिएको हो । अर्को सुनुवाई असार १ गते मात्र हुने भएको छ ।
प्रकाश अर्याललाई प्रहरी प्रमुख नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध डिआइजी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए ।