१८ असार २०८३, बिहीबार

मन्त्री आलेको पहलमा प्लान्ट खरिद र एचडीयू शय्या जडान गर्न बजेट

जेठ ७, २०७८
मन्त्री आलेको पहलमा प्लान्ट खरिद र एचडीयू शय्या जडान गर्न बजेट

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट खरिद तथा एचडीयूसहित ५ शय्या विस्तारका लागि ८० लाख रुपैयाँ रकम विनियोजन भएको छ ।

पछिल्लो समय कोरोना संक्रमणका बिरामीलाई अक्सिजन तथा एचडीयू शय्या अभावमा समस्या उत्पन्न भएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पताललाई अर्थ मन्त्रालयले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनका मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

जिल्लामा अक्सिजन प्लान्ट स्थापनासँगै ५ शय्या सहितको एचडीयू सञ्चालन भएपछि बिरामीका लागि उपचारमा निकै सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णराज जोशीले बताए ।

उनले भने, ‘मन्त्रीज्यूको पहलमा केही दिन पहिले अक्सिजन प्लान्टका लागि बजेट विनियोजन भएको थियो, आज पुनः अर्थ मन्त्रालयबाट अक्सिजन खरिद स्थापनासहित एचडीयू शय्या विस्तार गर्न थप बजेट विनियोजन भएको छ, यो निकै खुशीको कुरो हो ।’

अक्सिजन प्लान्ट तथा एचडीयू २ महिनाभित्र स्थापना भइसक्ने लक्ष्य लिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्