०३ असार २०८३, बुधबार

काठमाडौँ उपत्यकामा दुई हजार ४४७ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा दुई हजार ४४७ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४४७ कोरोना सङ्क्रमित थपिएका छन् । ती काठमाडौँमा एक हजार ७५२, ललितपुरमा ४०० तथा भक्तपुरमा २९५ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या २२ हजार १९३ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५० हजार १९३ निको भएका छन् भने एक हजार ३६७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल ६ हजार ८५६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २२ हजार ४३६ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३६३ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चा हजार ८६४ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या १२ हजार ६७८ रहेको छ भने २७१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्