२० असार २०८३, शनिबार

भरतपुरको मतगणना पुनःसञ्चालन गर्न माग

कात्तिक २०, २०७४
भरतपुरको मतगणना पुनःसञ्चालन गर्न माग


काठमाडौँ, १८ जेठ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विधि र प्रक्रियानुसार भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन गर्न माग गरेको छ ।masal

यहाँ आयोजित विरोध सभामा युनियनका अध्यक्ष नवीना लामाले मतगणनाका क्रममा जनादेशलाई अपमान हुने गरी मतपत्र च्यात्नेलाई कानुनी कारबाही गरी केही दिनदेखि स्थगित गणनालाई टुङ्गो लगाएर परिणाम सार्वजनिक गर्न आग्रह गरिन् ।

उनले शुक्रबार दिउँसो १२ बजेसम्म पनि निर्वाचन आयोगले सो विषयमा निर्णय नगरेमा सङ्गठनले देशव्यापी रुपमा आन्दोलन गरिने चेतावनी दिइन् । सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले त्यस क्षेत्रका दुई वडामा पुनःमतदान गरिएमा आगामी दिनमा कुनै पनि स्थानमा चुनाव हुन नसक्ने चिन्ता व्यक्त गरे ।
यसअघि युनियनले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसबाट रामशाहपथ हुँदै पुतलीसडक चोकमा मसाल जुलुस निकालेको थियो । करिब ५०० विद्यार्थीको सहभागिता रहेको सो जुलुसमा सहभागीले जनमतको सम्मान गर्नुपर्ने, विधि र कानुनी शासनको अभ्यास गर्नुपर्ने, मानवाधिकारको प्रत्याभूति गर्नुपर्नेलगायत प्रचार सामग्री बोकेका थिए ।

गत वैशाख ३१ गते भएको चुनावको मतगणनाका क्रममा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतदानस्थलमा मतपत्र च्यातेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउसमेत गरिसकेको छ । सो विषयको अनुसन्धानका लागि विभिन्न सङ्घसंस्थाका प्रतिनिधि भरतपुर पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्