२६ असार २०८३, शुक्रबार

२२ हजार जनप्रतिनिधि चुनिँदै, मोरङमा सबैभन्दा बढी मतदाता

कात्तिक २०, २०७४
२२ हजार जनप्रतिनिधि चुनिँदै, मोरङमा  सबैभन्दा बढी मतदाता
काठमाडौँ, १९ जेठ - स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणको निर्वाचनबाट २२ हजार ४४२ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस निर्वाचनबाट ४६१ नगरप्रमुख वा अध्यक्ष, सोही सङ्ख्यामा उपप्रमुख वा उपाध्यक्ष, चार हजार ८६ वडाध्यक्ष, आठ हजार १७२ वडा सदस्य, महिला सदस्य चार हजार ८६ र सोही सङ्ख्यामा दलित महिला सदस्य र नगर वा गाउँ सभाबाट निर्वाचित हुने दलित र अल्पसङ्ख्यक गरी एक हजार ९० जना निर्वाचित हुनेछन् ।Election Comission
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा ४६१ स्थानका लागि निर्वाचन हुन लागेको जानकारी दिनुभयो । चार प्रदेशका ४३ जिल्लाका १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउपालिकाका ४६१ स्थानीय तहको निर्वाचनका लागि छ हजार ७१८, मतदान केन्द्र ११ हजार ९३१ कायम छ । यसैबीच सरकारले विराटनगर र वीरगन्जलाई महानगरपालिका घोषणा गरे पनि निर्वाचन आयोगले भने कसरी निर्वाचन गराउँछ, त्यो स्पष्ट हुन बाँकी छ ।
यस निर्वाचनमा ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका ९० लाख ९७ हजार ५५७ मतदाताले जनप्रतिनिधि चयन गर्न मताधिकार प्रयोग गर्नेछन् । दोस्रो चरणको निर्वाचनको लागि सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० छ भने सबैभन्दा कम थोरै तेह्रथुममा ६० हजार ७०४ छन्, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्