२२ असार २०८३, सोमबार

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा एमालेका १९ सांसदको साथ, हस्ताक्षर नगरी फर्किए सुरेन्द्र पाण्डे

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा एमालेका १९ सांसदको साथ, हस्ताक्षर नगरी फर्किए सुरेन्द्र पाण्डे

प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदले दर्ता गर्न लागेको रिटमा एमालेका १९ सांसदले हस्ताक्षर गरेका छन् ।

विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका १९ एमाले संसदले रिटको पक्षमा हस्ताक्षर गरेको र केहीले हस्ताक्षर गर्न बाँकी रहेको माधव नेपाल पक्षीय सांसद झपटबहादुर रावलले जानकारी दिए ।

एमालेको माधव नेपाल-झलनाथ खनालपक्षीय प्रभावशाली नेता सुरेन्द्र पाण्डे बानेश्वरस्थित संसद् भवनमा पुगे पनि हस्ताक्षर नगरी फर्किए ।

संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा उपस्थित भएपनि पाण्डे हस्ताक्षर नगरी बाहिरिएका हुन् ।

‘आज रिट निवेदनमा हस्ताक्षर हुने देखिएन, त्यसैले म हस्ताक्षर नगरी हिँडें,’ पाण्डेले पत्रकारहरूसँग भने ।

नेता पाण्डेले प्राविधिक कारणले प्रतिनिधि सभा विघटनविरुद्धको रिट आइतवार दर्ता हुन नसक्ने जानकारी गराए । 

३ बजेसम्मको अवधिमा नभ्याइएकाले रिट भोलि मात्र दर्ता हुने विपक्षी गठबन्धनका नेताहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्