![यी हुन् प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा हस्ताक्षर गर्ने उपेन्द्र पक्षका १२ सांसद, संख्या बढाउन प्रयास [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Upendra_Yadav_XVyn1bkI9H.jpg)
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट १२ जना निवर्तमान सांसदहरूले हस्ताक्षर गरेका छन् ।
उपेन्द्र यादव समूहका १२ जनाले हस्ताक्षर गरेको तथा उक्त संख्या बढाउने कोशिश जारी रहेको मोहम्मद इस्तियाक राईले बताए।
राईका अनुसार डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, मोहम्मद इस्तियाक राई, रामबाबु यादव, प्रदीप यादव, डा. सूर्यनारायण यादव, डा. सुरेन्द्र यादव, लीला सिटौला र महेन्द्रराय यादवले हस्ताक्षर गरेका छन् ।
‘हामीले अहिलेसम्म जसपाबाट १२ जनाले रिटमा हस्ताक्षर गरेका छौं,’ राईले लोकान्तरसँग भने, ‘आज रिट दर्ता नहुने भएपछि उक्त संख्या बढाउने कोशिशमा लागेका छौं ।’
राजपा र सपा मिलेर जसपा बन्नुअघिसम्म तत्कालीन सपाका १७ सांसद थिए । त्यसमध्ये १ जना निलम्बित अवस्थामा छन् ।
केही सांसद उपेन्द्रको साथ छाडेर पूर्व राजपा खेमामा लागेका उपेन्द्रको पक्षमा संख्या कम हुन पुगेको हो ।