०४ साउन २०८३, सोमबार

कांग्रेस प्रचण्डपथमा लागेको प्रधानमन्त्रीको आरोपमा विश्वप्रकाशले भने यस्तो !

कांग्रेस प्रचण्डपथमा लागेको प्रधानमन्त्रीको आरोपमा विश्वप्रकाशले भने यस्तो !

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस प्रचण्डपथमा लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीप्रति जवाफ दिएका छन् । 

सोमवार ट्वीटरमा एक ट्वीट गर्दै शर्माले उनलाई मुद्दामा मात्रै प्रचण्डसँग मिलेको भन्दै जवाफ फर्काएका छन् । 

उनले भनेका छन्, आज मुद्दामा मात्रै कांग्रेसको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिल्दा त्यो प्रचण्डपथ भयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् । 

उनले भनेका छन्, हिजो प्रचण्डसँग पार्टीकै `एकता' निकै गौरवसँग गर्नुभएको थियो l आज मुद्दामा मात्रै कांग्रेसको कुरा प्रचण्डसँग मिल्दा, प्रचण्डपथमा पो लाग्यो ?

 

 

कमेन्ट गर्नुहोस्