२१ असार २०८३, आइतबार

भारतमा कोरोनासँगै रंगीबिरंगी फंगसको प्रकोप

जेठ १०, २०७८
भारतमा कोरोनासँगै रंगीबिरंगी फंगसको प्रकोप

भारतमा कोरोनाभाइरसबाट ठीक भएका मानिसमा ब्ल्याक फंगस देखिन थालेकोमा अहिले ह्वाइट फंगस र येलो फंगस समेत देखिन थालेका छन् । 

उत्तर प्रदेशको गाजियाबादमा देखिएको पहेंलो फंगस कालो र सेतोभन्दा बढी खतरनाक रहेको चिकित्सकहरू बताउँछन् । 

पहिलोपटक मानिसमा यो फंगस देखिएको चिकित्सकहरूको भनाइ छ । 
 

पहेंलो फंगस भेटिएका रोगीको उमेर ४५ वर्ष हो । उनी केही दिनअघि मात्र कोरोनामुक्त भएका थिए । उनमा मधुमेह पनि छ । ईएनटी सर्जनलाई देखाउँदा उनमा पहेंलो फंगस पाइयो । 

डा बीपी त्यागीले उक्त रोगी आफ्नो क्लिनिकमा आएको बताए । रोगीलाई सुस्त अनुभव भएको, भोक कम लागेको, तौल घटिरहेको र आँखा पनि धमिलो देख्ने समस्या रहेको थियो । 

रोगीको सीटी स्क्यानबाट फंगल देखिएन । नेजल इन्डोस्कोपी गर्दा शरीरमा कालो, सेतो र पहेंलो तीनैथरी फंगस थिए । 

घरमा राम्ररी घाम पस्न पाउँदैन भने यस्तो फंगसको रोगीका लागि घातक हुने उनले बताए । चिसो र धापिलो ठाउँमा ब्याक्टेरिया र फंगस बढ्छ । 

चिकित्सक त्यागीका अनुसार, घरमा सरसफाइ गर्नुपर्छ र बासी खानेकुरा खानुहुँदैन । 
 

salt training

कमेन्ट गर्नुहोस्