२८ जेठ २०८३, बिहीबार

सगरमाथामा अमेरिकी आरोहीको शव फेला

जेठ १०, २०७८
सगरमाथामा अमेरिकी आरोहीको शव फेला
प्रतिकात्मक तस्वीर

सगरमाथा क्षेत्रमा २ वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ ।

विक्रम संवत् २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहँुदा सोही स्थानमा छाडिएको थियो । वसन्तयाममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।

अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।

राहदानी नम्बर ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्