
एनएमबि बैंकले घरमै बसेर भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको छ ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइन बाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।
उपर्युक्त सुविधा https://nmbbanknepal.com/virtual-dollor-card-request-form लिंकमा आवेदन दिई तत्काल प्राप्त सकिनेछ ।
बैंकको देशभरीका १८१ शाखाहरूमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।