१६ असार २०८३, मंगलबार

निजी विद्यालयमा पुरुषभन्दा महिला शिक्षक धेरै

कात्तिक २०, २०७४
निजी विद्यालयमा पुरुषभन्दा महिला शिक्षक धेरै

काठमाडौँ, १९ जेठ– आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत (निजी) विद्यालयमा पुरुषको तुलनामा करिब १५ प्रतिशत महिला शिक्षक बढी कार्यरत छन् ।

सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा महिला शिक्षकको सङ्ख्यामा वृद्धि हुनसकेको छैन । कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ ।

अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण ९२०७३/७४० का अनुसार आधारभूत तहका सामुदायिक विद्यालयमा ३२ दशमलव ८ प्रतिशत मात्र महिला शिक्षक रहेकोमा संस्थागत विद्यालयमा भने ४५ दशमलव १ प्रतिशत महिला शिक्षक छन् । हाल मुलुकमा ३५ हजार २२२ विद्यालय छन् ।

सो सर्वेक्षणका अनुसार सामुदायिकतर्फ निजी स्रोतसमेत गरी महिला शिक्षकको सङ्ख्या एक लाख १३ हजार ४११ र पुरुष शिक्षक एक लाख ९९ हजार २७६ गरी तीन लाख १२ हजार ६८७ शिक्षक छन् । निजी विद्यालयतर्फ महिला शिक्षकको सङ्ख्या ३८ हजार ९३६ र पुरुष शिक्षक ४७ हजार ३२६ गरी ८६ हजार २६२ शिक्षक कार्यरत छन् ।

सामुदायिक विद्यालयका शिक्षकमध्ये अधिकांश तालिम प्राप्त छन् । आधारभूत तहमा ९२ दशमलव ७ प्रतिशत शिक्षक तालिम प्राप्त छन् भने माध्यमिक तह ९९—१२० मा ८७ दशमलव ५ प्रतिशत शिक्षक तालिम प्राप्त छन् ।

हाल प्राथमिक तहको खुद भर्ना दर ९६ दशमलव ७ प्रतिशत र टिकाउ दर ८६ दशमलव ८ प्रतिश रहेको छ ।

यस्तै १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ८८ दशमलव ६ प्रतिशत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्