२० असार २०८३, शनिबार

चूडामणि अख्तियारको फन्दामा परेपछि महराको डिनर रद्द !

कात्तिक २०, २०७४
चूडामणि अख्तियारको फन्दामा परेपछि महराको डिनर रद्द !
काठमाडौं, १९ जेठ— शुक्रबार साँझ अर्थमन्त्रालयका एक सहसचिव  ललितपुरस्थित होटल ग्रीन वीच भिलेजतिर हान्निए । कारण थियो— उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बोलाएको डिनर पार्टीमा सहभागि हुनु । जब उनी ग्रीन वीच आसपास पुगे— मोबाइलमा डिनर कार्यक्रम रद्द भएको सन्देश आयो ।
मन्त्रालयबाट घर पुग्न नपाउँदै हतारहतार डिनर हान्निएका उनी आश्चर्य मान्दै ग्रीन वीच नपुगी घरतिर फर्किए ।

अर्थमन्त्री महराले गत जेठ १५ गते संसदमा पेश गरेको आर्थिक   वर्ष २०७४—०७५ को बजेट निर्माणमा सहयोग पुर्याएको खुसीयालीमा आन्तरिक राजश्व विभागका महानिर्देशकसहित विभाग अन्तर्गतका विभिन्न कार्यालय र मन्त्रालयका सहसचिव स्तरका कर्मचारीलगायत गरी लगभग १०० जनालाई शुक्रबार साँझ डिनरमा बोलाएका थिए ।

तर, आजै (पार्टीको केहि घण्टा पहिले) आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेपछि डिनर पार्टी एकाएक रद्द भएको हो ।

बजेट कार्यान्वयनमा सहयोग पुर्याएको खुसीयाली तथा सम्बन्धित कर्मचारीलाई धन्यवाद दिने उद्देश्यले अर्गमन्त्री महराले बोलाएपनि अन्तिम समयसमा पार्टी रद्द भएको जानकारी आएको एक सहसचिवले लोकान्तरलाई बताए ।krishna-baharud-mahara

उनले पार्टीमा जाँदै गर्दा ‘विशेष कारणले डिनर रद्द भएको’ भन्ने व्यहोराको सन्देश आफ्नो मोबाइलमा आएको भन्दै सोलगत्तै बीचबाटोबाटै घर फर्किएको जानकारी दिए । पार्टीमा महराले सम्बोधन गर्ने र धन्यवाद दिने कार्यक्रम समेत तय भएको थियो ।

शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वभाविक रुपमा कर मिनाहा गरेर राज्यलाई अर्बौं रुपैयाँ घाटा पारेको आरोपमा नियन्त्रणमा लिएको थियो ।

राज्यलाई अर्बौं घाटा पारेको सम्बन्धमा बयानका लागि अख्तियारमा उपस्थिती गराइएको र सोहि क्रममा पक्राउ गरिएको अख्तियार स्रोतको भनाई छ ।

लुम्धध्वज महतको अध्यक्षतमा बनेको कर फर्स्यौट आयोगले शर्माकै मिलेमोतोमा अस्वभाविक रुपमा अर्बौं रुपैया कर मिनाहा गरेको र राज्यलाई घाटा पारेको प्रतिवेदन तयार गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा शर्मालाई बयानकालागि अख्तियार लगिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्