२१ जेठ २०८३, बिहीबार

यस्तो छ सगरमाथा चढ्न सफल दृष्टिविहीन चिनियाँ पर्वतारोही चाङ होङको कथाव्यथा

भदौ २६, २०७८
यस्तो छ सगरमाथा चढ्न सफल दृष्टिविहीन चिनियाँ पर्वतारोही चाङ होङको कथाव्यथा

चिनियाँ दृष्टिविहीन पर्वतारोही चाङ होङले नेपालतर्फको मोहोडाबाट सगरमाथाको सफल आरोहण गरेका छन् । यो उपलब्धि हासिल गर्ने उनी एसियाका पहिला र विश्वका तेस्रा दृष्टिविहीन आरोही हुन् । 

‘तपाईंमा अपांगता भए पनि वा तपाईं सबलांग भए पनि मन दह्रो छ भने अरूले हासिल गर्न नसकेको उपलब्धि तपाईंले पाउन सक्नुहुन्छ,’ चाङले रोयटर्स समाचार संस्थालाई बताए । 

चाङले गत सोमवार तीनजना गाइडको सहायतामा सगरमाथाको शिखरमा पुग्न सफलता पाएका हुन् । उनी बिहीवार आधारशिविर आइपुगेका थिए । 

चीनको चोङकिङ शहरमा जन्मेका चाङले ग्लाउकोमा रोगका कारण २१ वर्षको उमेरमा दृष्टि गुमाएका थिए । 

सन् २००१ मा सगरमाथाको सफल आरोहण गरेका अमेरिकाका दृष्टिविहीन पर्वतारोही एरिक वेहेनमायरबाट आफू प्रभावित भएको उनले बताए । उनले चियाङ जी नामक साथीसँग मिलेर तालिम गरेका थिए ।

नेपालले अप्रिल महिनामा विदेशीका लागि सगरमाथा आरोहण खोलेको थियो । 

‘आरोहणका क्रममा म एकदमै डराएको थिएँ कि म कहाँ हिँडिरहेको छु भन्ने थाहा पाइरहेको थिइनँ । म घरिघरि लड्थें,’ चाङले बताए । 

‘तर जति गाह्रो भए पनि मैले कठिनाइको सामना गर्नैपर्छ, आखिर पर्वतारोहणमा कठिनाइ र जोखिम त हुन्छन् नै, आरोहणको अर्थ नै यही हो भन्ने कुरा मेरो दिमागमा खेलिरह्यो ।’
 

salt training

कमेन्ट गर्नुहोस्