
भारतको असम राज्यमा रहेको होजाईस्थित कोरोनाभाइरस उपचार केन्द्रमा मंगलवार एक चिकित्सकलाई नराम्ररी कुटपिट गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले चिकित्सकलाई मुक्का, लात्ती, फोहर फ्याँक्ने भाँडो र इँटाले हिर्काएका थिए । अक्सिजनको कमी भएपछि एक कोभिड रोगीको मृत्यु भएलगत्तै आफन्तहरूले चिकित्सकलाई निर्ममतापूर्वक कुटपिट गरेका थिए ।
ती चिकित्सकको उपचार चलिरहेको छ र स्वास्थ्य अवस्था स्थिर छ ।
त्यस हिंस्रक घटनाको भिडियो क्लिप भाइरल भएपछि असमका मुख्यमनत्री हिमन्त विश्व शर्माले तत्काल याक्सन लिएका थिए ।
उदाली मोडल अस्पतालका चिकित्सक डा सेउज कुमार सेनापति कुटपिटमा परेका हुन् ।
गियाज उद्दीन नामक रोगीको मृत्यु भएपछि त्यसको खबर दिन सेनापति आफन्तकहाँ पुगेका थिए । खबर सुनेपछि आफन्तले उनलाई गालीगलौज गर्न थाले ।
त्यसपछि आफन्तहरूले अस्पतालमा आक्रमण गरे । अन्य स्वास्थ्य अधिकारीहरू भाग्न सफल भए तर सेनापतिले आफूलाई एउटा कोठामा थुने ।
HCM @himantabiswa sir.
— Dr. Kamal debnath (@debnath_aryan) June 1, 2021
Look for youself !!
This is the condition of our FRONTLINE WARRIORS DOCTORS in ASSAM.
We are bearing the burden of incompetency.@DGPAssamPolice @gpsinghassam @PMOIndia @assampolice @nhm_assam pic.twitter.com/V3mVK8QNxN
भीडले कोठाको ढोका फुटाएर भित्र पसी चिकित्सकलाई कुटपिट गरेको थियो ।
उनलाई नागाओनको अर्को अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकहरूले यसको विरोधमा हातमा कालोपट्टी बाँधेर उपचार गरेका छन् ।